काठमाडौ । सेयर लगानीकर्ताले लघुवित्त संस्थाहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांस वितरण गर्न खुल्ला गर्नुपर्ने सुझाव दिएका छन्। सोमबार गभर्नर डा.विश्वनाथ पौडेलसँग भेटेर उनीहरुले खुल्ला बजार अर्थनीति भएको देशमा लाभांसमा रोक लगाउनु आर्थिक नीति विपरित भएको भन्दै खुल्ला गर्न सुझाव दिएका हुन् ।
त्यस्तै उनीहरुले एकल ग्राहक कर्जा सीमा हटाउन पनि गभर्नरसँग आग्रह गरेका छन् । लगानीकर्ताहरुले आगामी आर्थिक वर्ष मौद्रिक नीतिमार्फत एकल व्यक्ति कर्जा सीमाको व्यवस्था हटाउनुपर्ने उनीहरुको सुझाव थियो । त्यस्तै बैंक तथा वित्तीय संस्थाले व्यक्तिगततर्फ प्रदान गर्ने एकल परिवार १५ करोडको सिमा पनि पुर्ण रुपमा हटाउन केन्द्रिय बैंकसँग आग्रह गरेका छन् सिमाले लगानीकर्ताको पहुँच र विश्वस्त वातावरणमा कमी ल्याएको भन्दै हटाउन सकेमा पहुँत र विस्वस्त वातावण निर्माणमा मद्दत गर्ने उनीहरूको दाबी छ ।
त्यस्तै लघुवित्त संस्थाहरूलाई कार्य सम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने, हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीकोषको पूँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए बमोजिमको सीमा कायम गरिनुपर्ने लगायतका सुझाव छन् । त्यसैगरी गैरआवासीय नेपाली (एनआरएन) ले नेपालको पूँजीबजारमा लगानी गर्न चाहेको तर हालको विधमान कानुनी अडचनले उक्त निवेश सहितको नाफा पुन फिर्ता लैजान नसक्ने अवस्था सुधार गर्नुुपर्ने पनि उनीहरुको सुझाव रहेको छ ।
हाल करिब ६८ लाख लगानीकर्ताले पूँजीबजारमा संलग्न रही ४५ खर्बभन्दा बढीको लगानी गरेका छन् ।
हाल देशभरि ६८ लाखभन्दा बढी हितग्राही खाता सक्रिय छन्, तर दैनिक कारोबार रकम र सहभागिता दिनहुँ घट्दो क्रममा छ । जसले निजी क्षेत्र र आम लगानीकर्ताको लगाव र मनोविज्ञान कमजोर बनाएको उनीहरूको बुझाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको विश्वास पुनस्र्थापना गराउनु अत्यावश्यक भएको लगानीकर्ताहरुको तर्क छ ।
प्रतिक्रिया