वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्ब माथिको ब्रोकर कम्पनीले आइपीओ जारी गर्न पाउने

अर्थटुडे
२०८२ असार ३१, मंगलवार

काठमाडौ । अब एक अर्ब रुपैयाँ भन्दा माथि चुक्तापुँजी भएको ब्रोकर कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्न पाउने भएको छ । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ (छैठौं संशोधन)स्वीकृत गरेसँगै एक अर्बमाथि चुक्तापुँजी भएका कम्पनीहरुले आइपीओ जारी गर्न पाउने भएका हुन् । अर्थमन्त्रालयले २०८२ असार ३० गते संशोधित नियमावली स्वीकृत गरेको हो ।

त्यस्तै अब सवै ब्रोकर कम्पनीहरुले सेयर धितो कर्जा दिन पाउने भएका छन् । संशोधित नियमावलीमा नेपाल धितोपत्र बोर्डले सवै ब्रोकर कम्पनीले सेयर धितो कर्जा दिन पाउने व्यवस्था थपेको थियो । थपिएको बुदा नै मन्त्रालयले हुबहु पास गरेपछि अब कुनैपनि ब्रोकर कम्पनीबाट सेयरधितो कर्जा दिन पाउने छन् । यसअघि चुक्ता पुँजी २० करोड रुपैयाँ भएको ब्रोकर कमपनीले सेयर धितो कर्जा दिन नपाउने व्यवस्था थियो । यो व्यवस्थासँगै अव सबै ब्रोकर कम्पनीहरुको सेयर कर्जा बढ्नेछ ।

नेपाल धितोपत्र बोर्डले नियमावलीमा मुख्य तीन बुँदा पँुँजीबृद्धिको सयम ९ महिना थप्नुपर्ने, सबै ब्रोकर कम्पनीहरुले सेयर धितो कर्जा दिन पाउनुपर्ने र एक अर्ब भन्दा माथिको ब्रोकर कम्पनीले आइपीओ जारी गर्न सक्ने व्यवस्था परिमार्जन गरी मन्त्रालयमा पठाएको थियो । संसोधित प्रस्ताव मन्त्रालयमा आएपछि स्विकृत भएको मन्त्रालयले जनाएको छ ।

धितोपत्र बोर्डका अनुसार ब्रोकरको पुँजि वृद्धिको समय २०८२ असार भित्र नै सकिएको थियो । तर तोकिएको समयमा २३ वटा ब्रोकर कम्पनीहरुले पुँजीबृद्धि गर्न नसकेपछि नेपाल ब्रोकर एसोसिएसनको दवावमा बोर्डले थप ९ महिनाको समयावधि थपेर नियमावली बनाएको थियो । संशोधित नियमावाली अब धितोपत्र बोर्ड बैठकले पास गरेपछि मात्रै लागू हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ