वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खड्लज परफ्यूम नेपाली बजारमा प्रवेश

अर्थटुडे
२०८२ असार ३२, बुधबार

काठमाडौँ । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
इना सेन्टर नेपाल प्रा.लि.ले काठमाडौँमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूमहरु सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले आइतबार राजधानीमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा खड्लजका सिग्नेचर अत्तरहरू प्रदर्शन गरिएको थियो ।

सो अवसरमा खड्लज परफ्यूमका प्रबन्ध निर्देशक आसिफ मोहम्मदले ब्रान्डको सम्पदा, गुणस्तरप्रति प्रतिबद्धता र इना सेन्टरसँगको साझेदारीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा खड्लजको शियाका छाया र नाफाइस नामक नयाँ अत्तरहरु समेत प्रदर्शनमा राखिएको थियो ।


कार्यक्रममा इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले भने, “खडलज परफ्यूमहरू बजेटमैत्री र अत्यधिक सुगन्धित छन्। हामीलाई विश्वास छ कि खड्लज चाँडै नै नेपालको सबैभन्दा मनपर्ने सुगन्धित परफ्यूमको ब्रान्डहरू मध्ये एक बन्नेछ।”

खड्लज परफ्यूमको सुरुवातलाई सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै इना सेन्टरले आगामी दिनहरुमा गुणस्तर र नवीनताका साथ स्थानीय बजारलाई बढाउँदै प्रिमियम अन्तर्राष्ट्रिय परफ्यूम ब्रान्डहरू नेपालमा ल्याउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ