वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बन्दीपुर केवलकारको साधारण शेयर निश्कासन

अर्थटुडे
२०८२ श्रावण ६, मंगलवार

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजमले मंगलबारबाट साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये प्रतिशेयर १०० रुपैयाँका दरले ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको हो ।

उक्त शेयरका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका–१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका–७ का स्थानिय बासिन्दाले आवेदन दिन पाउनेछन् । यस्तै ५ करोड २९ लाख ४० हजार रुपैयाँको ५ लाख २९ हजार ४०० कित्ता शेयरका लागि भने बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन पाउनेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओमा स्थानियका लागि साउन २० गते र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि साउन ९ गतेसम्मको समय तोकिएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक रहेको आइपिओमा स्थानीयले बन्दीपुर गाँउपालिका–४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका–१ को कार्यालय र पालुङ्गटार नगरपालिका–७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ