काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले सवारी साधन खरिदका लागि नीतिहरु लचिलो हुनुपर्ने बताएका छन् । आज (मंगलबार) देखि सुरु भएको अटो–शोको उद्घाटन कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिको समीक्षाबाट सवारीसाधन खरिदमा लोन टु भ्यालु रेसियो बढाइने विश्वास रहेको बताए ।
उनले भने ‘सरकार र हाम्रो लक्ष्य एउटै छ । हामी सँगै हिँड्न चाहन्छौ’ ‘हामीले पहिलो पटक फ्लाइङकार प्रदर्शन गरेका छौ ।’यसैगरी, नेपालमा गाडी एसेम्बल आवश्यकता रहेको दावी गरे ।
गाडी एसेम्बलको लागि चाहिने उपकरण नेपालमा उत्पादन हुनुपर्ने उनको बुझाई छ । उनले अटो क्षेत्रको पूर्वाधार निर्माण तथा विकासको लागि भौतिक मन्त्रालयको सहयोग आवश्यकता रहेको बताएका छन् ।
उक्त अटो–शोमा नाडाका अध्यक्ष करण चौधरीले हाल नेपालमा इभीको लागि चार्जिङ स्टेसन कम भएको जानकारी दिएका छन् । उनले नाडा अटो–सो उद्घाटन गर्दै आगामी दिनमा नेपालमा इभीको चार्जिङ स्टेसन निर्माणमा जोड दिने र यसलाई बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । आजदेखि राजधानीको भृकुटीमण्डपमा १७औँ संस्करण चारदिनसम्म चल्ने छ ।
प्रतिक्रिया