काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुदै गएको र व्याजदरमा बढ्ने संकेतसँगै बजार ओरालो लागेको हो । मंगलबार बजार २४.६३ अंकले ओरालो लागेको छ भने कारोबार रकम पनि घटेको छ । यसदिन बजारमा ७६ करोड ३७ लाख रुपैयाँको मात्र कारोबार भएको छ । बजारमा १३८ कम्पनीको सेयर किनबेच भएको छ ।
बजार यसदिन पनि राताम्मे भएको छ । यसदिन बैंक तथा वित्तिय संस्थाको सेयउर मुल्यमा भने उच्च गिरावट आएको छ । मंगलबार बिमा १३० अंकले, बैंकिङ २७ अंकले, होटल ४४, विकास बैंक १८, जलविद्युत ४७, फाइनान्स साढे चार, उत्पादनमूलक ३१ र अन्य समूह एक अंकले झरेको छ ।
यसदिन सवैभन्दा बढि भिवोर सोसाइटी डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले कमाएका छन् । सो बैंकका लगानीकर्ताको सम्पत्ति यसदिन १० प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी लघूवित्तका सेयरधनीहरुले पनि कमाएका छन् । सबैभन्दा वढि गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, वुटवल पावर कम्पनी, ङादी ग्रुप पावर, रिडी हाइड्रोका लगानीकर्ता छन् ।
मुक्तिनाथ विकास बैंकको नौं करोड ८६ लाख सिभिल बैंकको पाँच करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
तरलता अभावसँगै व्याजमा दवाव पर्ने संकेत देखिएपछि २५ अंकले घट्यो बजार
२०७३ कार्तिक २३, मंगलवार

प्रतिक्रिया