काठमाडौ, १४ मंसिर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर बराबर ११० रुपैयाँ २६ पैसा तोकेको छ । २०७२ फागुन ११ गते एक डलर बराबर ११० रुपैयाँ ४ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैकले जनाएको छ ।
अमेरिकाको केन्द्रिय बैंकले व्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले बताए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै उनले व्यारमैत्री नीति ल्याउने आँकलन गरिएको छ ।
एकातिर व्याजदरका कारण डलर महंगो भइरहेको छ भने अर्को तर्फ भारतमा ५०० र एक हजारका नोट प्रतिवन्धित रहेको छ । जसले भारतीय मुद्रा कमजोर भएको छ ।
‘भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारतीय मुद्रा कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ,‘ –अधिकारीले भने । एक सातामा नै नेपाली रुपैयाँ डलरसँग करिव चार रुपैयाँको हाराहारीमा कमजोर भईसकेको छ ।
डलरको भाउ बढ्दा नेपालमा मुल्यबृद्धि हुने अर्थविद्हरुको भनाई रहेको छ । नेपालमा अधिकांस उपभोग्य बस्तु आयात गर्नुपर्छ, आयातित बस्तुलाई डलरमा पे गर्नुपर्ने भएकोले डलरको भाउ बढ्दा उपभोग्य सामग्रीको भाउ बढ्छ र मुल्यमा चाप पर्छ अर्थविद् चन्द्रमणी अधिकारीले भने ।
डलर अहिले सम्मकै उच्च, उपभोग्य बस्तु महंगो
२०७३ मंसिर १४, मंगलवार
प्रतिक्रिया