काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ५० प्रतिशत नगद लाभांस दिने भएको छ । विहिबार बसेको नेप्सेको ३५औं वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
गत वर्षको नाफाबाट नेप्सेले सो नगद लाभांस दिने भएको हो । नेप्सेले गत बर्ष ४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो नाफा आघिल्लो वर्षको तुलनामा १३३.१४ प्रतिशतले बढी हो ।
नेप्सेले नाफाबाट केही रकम रिमोट वर्क स्टेसन (आरडब्लुएस) लाई देशका मुख्य मुख्य शहरहरुमा विस्तार गर्ने पनि जनाएको छ । त्यस्तै सो साधारणसभाले ओभर द काउन्टर (ओटिसी) बजारको विनियमावली संशोधन गरी कारोबारका लागि छुट्टै कम्पनी खोल्ने जनाएको छ ।
प्रतिक्रिया