वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमित व्यक्तिको चलखेलका कारण बजार अस्थिर भएको हो :दुर्गाप्रसाद काफ्लेको विश्लेषण

अर्थटुडे
२०७३ पुष ६, बुधबार

काठमाडौं ।  पछिल्लो समयमा पुँजीबजार ओरालो लागिरहेको छ । बुधबार बजार १४७० अंकमा अडिएको छ । यो अझै घट्ने सम्भावना रहेको छ । बजारमा तरलता अभाव भएका कारण बैंकहरुले व्याजदर बढाइरहेका छन् । अर्कोतर्फ मार्जिन लेन्डिङमा बैंकहरुले लोन दिन घटाइसकेका छन् ।
विक्रिको चाप बढ्दा बजार ओरालो लागिरहेको छ । धेरै बढ्दा किन बढ्यो र यसले कस्तो असर गर्छ भन्ने बारेका धेरैकुराहरु बाहिर नआएपनि बजार केही घट्ने वित्तिकै बजारमा होहल्ला सुरु भइहाल्छ । केही व्यक्ति भने हल्ला गरेर बजार बढाउने उदेश्यले केही व्यक्तिहरुको रोइलो समेत सुरु हुन्छ ।

नेपाली पुँजीबजार आफैमा कमजोर र संबेदशील बजार हो । एक दुई ग्रुपले पनि सजिलै खेल्न सक्दछन् । हाम्रो पुँजीबजारमा खेलाडी मात्र धेरै छन् । नेपाली पुँजीबजारलाई धेरै वर्ष अगाडीबाट केही सिमित व्यक्तिले आफू अनुकुल बजारलाई बढाउने र घटाउने गरिरहेका छन् ।

केही व्यक्तिहरुले पुँजीबजारलाई खेल मैदान बनाएका छन् भने साना लगानीकर्ता उनीहरुको तालमा ताल मिलाएर नाचिरहेका छन् । साना लगानीकर्तालाई हाम्रो पुँजीबजार २ नम्वरीहरुको खेल भइरहेको बारेमा पत्तो छैन । मुख्यगरी केही ठूला लगानीकर्ता, म्याचुअल फण्ड, सेयर माफिया, इन्भेष्टमेन्ट कम्पनी, नेपाल धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, ब्रोकर लगायतले पुँजीबजारलाई खेल मैदान बनाइरहेका छन् ।

ठूला लगानीकर्तालाई साना लगानीकर्ताहरुले खेल्नका लागि भुमिका प्रदान गरेका छन् । साना लगानीकर्तामा पुँजीबजार सम्बन्धी ज्ञान नहुदा उनीहरु डुवेका छन् । यसलाई ठूलाले मौकाको रुपमा लिएका छन् । विभिन्न मिडियामा आएका समाचारहरुले पनि कतिपय साना लगानीकर्ताहरु डुवाएका छन् ।
पुजीबजार बढाउनका लागि केही व्यक्तिहरुले मिठा कुरा गरेर पुँजीबजार बढ्छ मात्र भन्ने गरेका छन् । आश्वा प्रणालीमा जाने कुरा गरेर, बाणिज्य बैंकहरुलाई पनि व्रोकर लाइसेन्स दिने कुरा गरेर, १५ अर्व पुँजीका कुराहरु गरेर, इन्सुरेन्सको पुँजी बृद्धिका कुरा गरेर, राम्रा बैकको कुरा मात्र गर्ने, नराम्रा बैंकको कुराहरु छोप्ने गरेका कारण पनि बजार बढ्छ ।
अहिले पुँजी बजारमा केही व्यक्तिहरु विभिन्न हल्ला चलाएर बजार बढाएर साना लगानीकर्ताहरु फसाउन खोजीरहेका छन् । यस्तो खेलबाट साना लगानीकर्ता सचेत हुनुपर्छ । यहाँ तस्कर र दलाल बढी छन् तर आफ्नो सम्पत्तिको रक्षा आफैले गर्नुपर्छ । अहिले बजार बढाउने खेल भइरहेको छ तर बजार बढ्नुपर्ने कुनै कारण छैन । किनकी देशको अर्थतन्त्र नै ओरालो लागेको छ । पुँजीबजार मात्र उकालो लागेर केही हुने छैन । अन्य देशमा अर्थतन्त्र ओरालो लाग्दा पुँजीबजार पनि ओरालो लाग्छ तर नेपालमा ठिक उल्टो भएको छ । सिमित व्यक्तिको चलखेलका कारण बजार अर्थतन्त्रका परिसुचक भन्दा ठिक उल्टो हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ