काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नपेपालले आइपीओ ग्रेड थ्री प्लस दिएको छ । कम्पनीले ८ करोड ६२ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । इक्रा नेपालले एक देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ ।
ग्रेडिङ एक ले सवैभन्दा बलियो आधार जनाउछ भने ग्रेड ५ ले सवैभन्दा कमजोर आधार भएको जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ ।
ग्रेड कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरीएका आइपीओ ग्रेडले कुनै धितोपत्र खरिद, विक्रि तथा स्वामित्वमा राख्न सिफारिस नगरी ग्रेड मात्र गरेको इक्रा नेपालले जनाएको छ ।
प्रतिक्रिया