काठमाडौं । अरुण काबेली हाइड्रोपावरको साधारण सेयर नपरेको रकम फिर्ता आजबाट हुने भएको छ । कम्पनीले सोमबारदेखि आवेदन दिएको स्थानबाट रकम फिर्ता दिने व्यवस्था मिलाएको जनाएको छ ।
लगानीकर्ताले सेयर आवेदन दिएकै केन्द्रमा गएर बाँडफाँडपत्र र पैसा फिर्ता गर्न सक्नेछन् । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको फोटोकपी लैजानुपर्नेछ । आवेदक आफै जान नसकी अरुलाई पठाउनु परेमा मन्जुरीनामा लेख्नुपर्नेछ । मन्जुरीनामा लिएर जानेको नागरिकताको फोटोकपी पनि चाहिने कम्पनीले जनाएको छ ।
कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेकोमा १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयर आवेदन परेको थियो ।
जसमध्ये साना लगानीकर्तालाई गोलाप्रथाबाट र ठुला लगानीकर्तालाई २.६७ प्रतिशतसम्मको दरले बाँडफाड गरिएको थियो । जसअनुसार ३५ हजार रुपैयाँ बराबरको सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट १३ कित्ता सेयर वितरण गरिएको छ । यसैगरी ३५ हजारदेखि ५० हजारसम्मको आवेदन दिनेलाई २.६७ प्रतिशत र ५० हजार भन्दा माथिको सेयर आवेदन भर्नेलाई १.९७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको छ ।
प्रतिक्रिया