वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार ४३ अंकले ओरालो, सबै परिसुचक राताम्मे, कारोबार रकममा पनि गिरावट

अर्थटुडे
२०७३ पुष ११, सोमबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन (सोमबार) नेप्से परिसुचक ४२.८४ अंकले ओरालो लागेको छ । यसदिन सम्पुर्ण समुहगत परिसुचक पनि ओरालो लागेको छ ।
सोमबार सवैभन्दा बढी बिमा समूह ३११ अंकले, बैकिङ ४०.८६ अंकले, होटल ३७.०५ अंकले, विकास बैंक ३३.१९ अंकले,जलबिद्युत ४४.१६ अंकले, फाइनान्स १९.९४ अंकले र अन्य समूह १८.८ अंकले ओरालो लागेको छ ।

ओरालो लागेको बजारमा पनि सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेड तीन करोड ५४ लाख, बैंक अफ काठमाडौं लुम्बिनी तीन करोड ३७ लाख, नेको इन्सुरेन्स कम्पनीको दुई करोड ३४ लाख, सिद्धार्थ बैंक लिमिटेड एक करोड ७४ लाख र कैलास बिकास बैंकको एक करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार ओरालो लागेको दिन पनि सवैभन्दा बढी कमाउने पाँच कम्पनीमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, एनबी इन्सुरेन्स, आइएलएफसीओ माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकको प्रमोटर सेयरहोल्डर रहेको छ ।

त्यस्तै यसदिन सबैभन्दा बढी गुमाउने पाँच कम्पनीहरुमा नागबेली लघुवित्त विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेड, प्रोगेसिफ फाइनान्स लिमिटेड र प्रिमियर इन्सुरेन्स कम्पनी रहेका छन् । दिनभर  १३० कम्पनीका १५ लाख ५० हजार कित्ता सेयर ४८ लाख १२ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ