वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जुत्ताचप्पल मेलामा एक करोडको कारोबार

अर्थटुडे
२०७३ पुष १२, मंगलवार

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सम्पन्न जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनीमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पुस ५ देखि ११ गतेसम्म चलेको मेलामा ९० हजार दर्शकले अवलोकन गरेको आयोजक फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ ।

‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा व्यावसायिक १ सय २० बिक्री कक्ष राखिएको थियो ।

प्रदर्शनी समापनका अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि सरकारले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने र निजी क्षेत्रलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष रवीनकुमार श्रेष्ठले छालाजन्य उत्पादनको कच्चा पदार्थ आयातमा भन्सार सहुलियतको माग गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ