वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुले ब्रोकर लाइसेन्स नपाउने, थप गृहकार्य गरेर आउन नेप्सेले दियो निर्देशन

अर्थटुडे
२०७३ पुष १२, मंगलवार

काठमाडौ । बैंकहरुले ब्रोकर लाइसेन्स नपाउने भएका छन् । मंगलबार बसेको नेपाल स्टक एक्सचेन्स (नेप्से) सञ्चालक समितिले व्यवस्थापनले लगेको बैंकलाई ब्रोकरको लाइसेन्स दिने प्रस्ताव खारेज गरेको हो । सञ्चालक समितिले सो प्रस्ताव खारेज गरेपछि बैंकहरुले ब्रोकर लाइसेन्स पाउन केही समय पुन कुर्नुपर्ने हुन्छ ।

नेप्से व्यवस्थापनले बैकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमा एक अध्ययन गरी प्रतिवेदन समेत बनाएको थियो । व्यवस्थापन समितिले गरेको अध्ययनले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सिफारिस गरेपनि विद्यमान कानुनले नमिल्ने भएकोले सो प्रस्ताव खारेज गरिएको हो ।

त्यस्तै सञ्चालक समितिले नेप्से व्यवस्थापनलाई बैंकलाई ब्रोकर लाइसेन्स दिने बाहेकका सिफारिस परिमार्जन गरेर पेश गर्न पनि निर्देशन दिएको छ । सञ्चालक समितिमा पेस गरिएको अन्य विषयहरु पनि कानुन विपरित रहेकोले परिमार्जन गर्न समितिले व्यवस्थापनलाई निर्देशन दिएको एक सञ्चालकले बताए ।  त्यस्तै मंगलबारै बसेको नेप्से सञ्चालक समितिको बैठकले ब्रोकरको शाखा विस्तारको लागि धितोपत्र वोर्डसँग सहमति माग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ