वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुँजीबजार सम्बन्धी तालिम प्रतिष्ठान खोल्दै बोर्ड

अर्थटुडे
२०७३ पुष १२, मंगलवार

काठमाडौं । धितोपत्र बजारसम्बन्धी तालिम दिनका लागि नेपाल धितोपत्र बोर्डले तालिम प्रतिष्ठान खोल्ने तयारी गरेको छ । पुँजी बजारमा काम गरीरहेका सरोकारवाला निकायहरु र सर्वसाधारणहरुका लागि आवश्यक तालिम प्रदान गर्नका लागि बोर्डले तालिम प्रतिष्ठानको अवधारणा अघि सारेको हो ।

बैंकिङ क्षेत्रको तालिम दिदै आएको नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको एक तालिम कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले पुँजी बजारलाई व्यवस्थित बनाउनका लागि समेत तालिम केन्द्र आवश्यक भएको बताए । “पुँजी बजार सम्बन्धी तालिम प्रदान गर्नका लागि तालिम प्रतिष्ठान खोल्न हामी लागिरहेका छौं” उनले भने । तर कहिलेसम्म प्रतिष्ठान सुरु गर्नेबारे भने उनले केही जानकारी दिएनन् ।

हाल सरकारी स्तरमा पुँजी बजारसम्बन्धी तालिम दिने कुन पनि निकाय छैनन् । बोर्ड र नेपाल स्टक एक्सचेन्जले वेला वेलामा तालिम तथा गोष्ठी आयोजना गर्दै आएपनि पर्याप्त छैन ।
पुँजी बजारमा प्रवेश गर्न चाहाने सर्वसाधारणका लागि भने केही निजीस्तरमा खुलेका इस्टिच्युटहरुले तालिम प्रदान गर्दै आइरहेका छन् । तर, यस्ता तालिमको स्तरियताबारे कसैले अनुगमन नगर्दा जथाभावी संचालन हुने गरेको बताइन्छ ।

मर्चेन्ट बैकरलाई तालिम
बैंकिङ्ग ईन्ष्टिच्युट र र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपालको आयोजनामा पुस ११ र १२ गते मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने प्राविधिक विश्लेषण र नाफा कमाउने विधिबारे तालिम सम्पन्न भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ