वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धेरै पछि नेप्सेमा हरियाली, विहिबार ३०.३६ अंकले बढ्यो

अर्थटुडे
२०७३ पुष १४, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले बढेको छ । यसदिन नेप्से ३०.२३ अंकले बढेर १४४३.३८ अंकमा अडिएको छ । सोमबार र मंगलबार गिरावट आएपनि बुधबार बजार थोरै अंकले बढेको थियो । यसदिन सवै समूहगत परिसुचक पनि हरियै देखिएको छ ।

विहिबार विमा समूहको मात्र २८६.६८ अंकले बढेको छ । त्यस्तै होटेल ५५.६५ , बैंकिङ २८.७ ,बिकाश बैंक २०.३३ ,जलबिद्युत १०.९७ र अन्य समुहमा १.७३ अङ्कको बृद्धि भएको छ ।

त्यस्तै यसदिन कारोबारको हिसावले नेपाल लाइफ इन्सुरेन्स सवैभन्दा अगाडी रहेको छ । यस इन्सुरेन्सको विहिबार ५ करोड ७६ लाख रुपैयाँको कारोबार गरेको छ । नेपाल लाइफ इन्सुरेन्सलाई विहिबार धितोपत्र बोर्डले एफपीओको अनुमति दिएकोले पनि सो कम्पनीको धेरै कारोबार भएको हो ।

यसदिन एभरेष्ट इन्सुरेन्स, युनाईटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, प्रिमियर इन्सुरेन्सका लगानीकर्ताले कमाएका छन् भने सवैभन्दा बढी ललितपुर फाईनान्स,बेष्टर्न डेभलपमेन्ट बैंंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु रहेका छन् । यसदिन दिनभर १२६ कम्पनीले ५६ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ