काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार परिसुचक (नेप्से) २२.३४ अंकले उकालो लागेर १४६५.७२ अंकमा पुगेको छ । खरिदकर्ताको चाप बढेसँगै बजार उकालो लागेको हो । यसदिन कारोबार रकममा पनि बृद्धि भएर ५७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन फाइनान्स र उत्पादनमूलक समूह बाहेक सवैसमूह उकालो लागेको छ ।
आइतबार बैकिङ समूहको परिसुचक २९.३४, होटल ३५.६४, विकास बैंक, २३.२१, जलबिद्युत २६.१, विमा २७.६७ र अन्य समूह ७.५२ अंकले बढेको छ । त्यस्तै फाइनान्स र ०.४७ अंक र उत्पादनमूलक समूहको ३९.८६ अंकले घटेको छ ।
यसदिन कमाउने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स, हाम्रो विकास बैंक, प्रिमियर इन्स्योरेन्स, देव विकास बैंक, शाइन रेसुङा, नाङी ग्रुप, एभरेष्ट बैंक लगायत रहेका छन् ।
त्यस्तै गुमाउनेहरुमा गुडविल फाइनान्स, बोटलर्स नेपाल, अपि हाइड्रो, ग्रिन डेभलपमेन्ट, नेपाल लाइफ लगायतका कम्पनीहरु रहेका छन् ।
प्रतिक्रिया