वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता माइक्रोफाइनान्सको साधारण सेयर आजदेखि, ५ सय कित्तासम्म आवेदन गर्न सकिने

अर्थटुडे
२०७३ पुष १९, मंगलवार

काठमाडौं । बारा सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरका लागि आजदेखि आवेदन खुल्ला भएको छ । संस्थाले ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८०० कित्ता साधारण सेयर जारी गर्ने भएको छ । उक्त सेयरका आवेदन न्यूनतम पुस २२ गतेसम्म खुल्ने र अधिकतम माघ २ गतेसम्म रहने बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल मार्केट्सलले जनाएको छ ।

एक सय रुपैयाँ अंकित रहेको सेयरमा आवेदनकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यस सेयरको आवेदन एनआइबीएल क्यापिटल मार्केट्स, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा, समता माइक्रोफाइनान्सका शाखा कार्यलय, भिबोर क्यापिटल ललितपुर, सीबीआइएल क्यापपिटल, डिल्लीबजार, गोर्खाज फाइनान्स डिल्लीबजार तथा शाखा कार्यलयहरू, गुहेश्वरी मर्चेन्ट बैंकका शाखा कार्यलयमा बुझाउन सकिनेछ ।

यस्तै, आइसीएफसी फाइनान्सका शाखा कार्यलय, सिनर्जी फाइनान्सको शाखा कार्यलय, हाम्रो विकास बैंक विदुर बट्टार, साझा विकास बैंकका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।

कुल निष्कासन गरिने सेयरमध्ये एक हजार ८९६ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । यसैगरी चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । कम्पनीका अध्यक्ष डम्मरमणि थेवे लिम्वुका अनुसार गत आर्थिक वर्ष करीव ७ हजार सदस्यहरुवीच करीव २३ करोड लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा करीव एक करोड रुपैया नाफा गरेको छ ।

कम्पनीका प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष १५ हजार सदस्यहरुवीच पचास करोड कारोवार पुर्याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ