काठमाडौं । खानीखोला हाइड्रोपावरको ४६ लाख ५७ हजार १४३ कित्ता साधारण सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
नेप्सेमा सूचिकृत भएको एक सातापछि कारोबार सुरु हुने व्यवस्था रहेको छ ।
कम्पनीले गत जेठमा ९ लाख ३१ हजार ४२९ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
यसैगरी गतवर्ष मंसिरमा आयोजना प्रभावित स्थानीयवासीका लागि ४ लाख ६५ हजार ७१४ कित्ता सेयर पनि बिक्री गरेको थियो ।
साधारण सेयर निश्कासनपछि कम्पनीको पुँजी ४६ करोड ५७ लाख १४ हजार पुगेको छ ।
प्रतिक्रिया