वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसियन सेक्युरिटीजलाई बजारबाट निलम्बन, कर्मचारीको एकाघरको सेयर खरिद बिक्रि गरेको आरोप

अर्थटुडे
२०७३ पुष १९, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २६ नम्बरको सेयर ब्रोकर एसियन सेक्युरिटीजलाई सेयर किनबेच गर्न रोक लगाइएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले निलम्बन गरेको हो ।

बोर्डको प्रारम्भिक अनुसन्धानमा सेयर ब्रोकरले आफ्ना कर्मचारीको  कर्मचारीको एकाघरको सेयर खरिद बिक्रि गरिएको भेटिएको बताइएको छ ।

धितोपत्र व्यवसायी नियमावली-२०६४ को नियम २७ को उपनियम ४ को व्यवस्था अनुसार सेयर दलाल तथा उसका  संस्थाका संचालक, कार्यकारी प्रमुख तथा कर्मचारीको एकाघरका सदस्यले कार्यरत संस्थाबाट सेयर किनबेच गर्न नपाउने व्यवस्था छ ।

धितोपत्र बोर्डले नियमन गर्न नसक्दा ब्रोकर कम्पनीबाटै बदमासी बढ्दै गएको छ । बजार बढाउन र घटाउन समेत ब्रोकरको भूमिका हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ