वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लमजुङका स्थानीयलाई छ्याङ्दी हाइड्रोको साधारण सेयर , माघ २० गतेसम्म आवेदन दिन सकिने

अर्थटुडे
२०७३ पुष २०, बुधबार

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले लमजुङका स्थानीवासीका लागि दुई लाख ७० हजार कित्ता साधारण सेयर निश्कासन गरेको छ । बुधबारदेखि खुल्ला भएको सेयरका लागि छिटोमा माघ पाँच र ढिलोमा माघ २० गतेसम्ममा आवेदन दिन सकिने व्यवस्था गरिएको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

सेयरमा आवेदनका लागि लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालयका साथै, ग्लोबल आईएमई बैंक बेसीशहर शाखा, प्यासिफिक डेभलपमेण्ट बैंक भोटेओडार शाखा र कैलाश विकास बैंक बेसीसहर शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छ्याङ्न्दी खोलामा २ मेगावाट क्षमताको आयोजना निर्माण गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि छुट्याएको सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि बाँकी रहेको चार लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ