काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको संचालक समितिले प्रस्ताव गरेको लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । अब संस्थाको साधारणसभाबाट पारित भएपछि लाभांस वितरण हुनेछ ।
कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
आरएसडीसी लघुवित्त ६ करोड चुक्ता पूँजी भएको राष्ट्रिय स्तरको लघुवित्त विकास बैंक हो ।
प्रतिक्रिया