वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समता माइक्रोफाइनान्सको सेयरमा २१४ गुणा बढी आवेदन

अर्थटुडे
२०७३ पुष २४, आईतवार

काठमाडौं । साधारण सेयरमा देखिएको सर्वसाधारणको आकर्षणले गर्दा समता माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको सेयरमा पनि मागभन्दा २१४ गुणा बढी आवेदन परेको छ । कम्पनीले ९४ हजार ८०० कित्ता साधारण सेयरका लागि आवेदन माग गरेकोमा एक अर्ब ८८ करोड ३१ लाख रूपैयाँभन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ ।

कम्पनीले गरेको कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार ८९६ कित्ता सेयर कर्मचारीलाई र चार हजार ७४० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाडफाड गरिसकेको छ । अब बाँकी ८८ हजार १६४ कित्ता सेयर मात्र सर्वसाधारणलाई वितरण गरेको छ ।

मागको तुलनामा बढी आवेदन परेकाले साना लगानीकर्ताले गोलाप्रथा प्रणालीमार्फत र ठूला लगानीकर्ताले न्यून प्रतिशतमात्र सेयर पाउने भएका छन् ।

पुस १९ गतेबाट बिक्री खुल्ला भएको उक्त सेयरका आवेदन दिने न्यूनतम समय पुस २२ गतेसम्म र अधिकतम माघ २ गतेसम्म थियो । न्यूनतम समयभित्रै मागभन्दा अधिक आवेदन परेपछि बिक्री बन्द गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । कम्पनीका अध्यक्ष डम्मरमणि थेवे लिम्वुका अनुसार गत आर्थिक वर्ष करीव ७ हजार सदस्यहरुवीच करीव २३ करोड लगानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा करीव एक करोड रुपैया नाफा गरेको छ ।

कम्पनीका प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष १५ हजार सदस्यहरुवीच पचास करोड कारोवार पुर्याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ