काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले फरदर पव्लीक अफरिङ (एफिओ) बाट जारी गर्न लागेको थप सेयर फागुनमा निश्कासन गर्ने भएको छ । बैंकले २५ लाख ५८ हजार १४० कित्ता सेयर १९९० रुपैयाँमा निश्कासन गर्न लागेको हो ।
बैंकको साधारणसभाले एफपिओ निश्कासन गर्ने निर्णय पारित गरेपनि नेपाल धितोपत्र बोर्डमा भने अझै आवेदन दिएको छैन ।
अब प्रक्रिया सुरु गरेर फागुनसम्ममा एफपिओ निश्कासन गरिसक्ने बैंकले जनाएको छ ।
बैंकले संस्थापक स्वामित्वको सेयर घटाउन एफपिओ जारी गर्न लागेको हो ।
प्रतिक्रिया