वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम भने दोब्बर

अर्थटुडे
२०७३ माघ ३, सोमबार

काठमाडौं । सोमबार नेपाली सेयर बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने दोब्बरले बढेको छ । प्रभु बैंकको संस्थापक सेयर कारोबार भएपछि कारोबार रकम बढेको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) ११.६३ विन्दुले झरेपनि ५८ करोड ८७ लाख ६९ हजार रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज प्रभुको संस्थापक सेयरमात्रै २० करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सोमबार कुल १२९ कम्पनीको ७६ लाख ५१ हजार ५४० कित्ता सेयर किनबेच भएको छ । फाइनान्स कम्पनीबाहेक बाँकी सबै समूहका सूचक ओरालो लागेको छ भने सबैभन्दा धेरै बिमा परिसूचक १३०.०३ अंकले तल झरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ