वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फरवार्ड माइक्रोफाइनान्सको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थटुडे
२०७३ माघ १२, बुधबार

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आईतबारदेखि खुल्ला गरेको साधारण सेयरको आवेदन आज बन्द हुने भएको छ । कम्पनीले माग गरेको भन्दा बढी आवेदन आइसकेकाले बुधबारको बैंकिङ समयसम्म मात्र आवेदन बुझाउन सकिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयरका लागि आवेदन मागेको छ । यसका लागि तोकिएको काउन्टर र आश्वा प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

तीन दिनको अवधिमा काउन्टरहरुबाट मात्र एक अर्व रुपैयाँ भन्दा बढीको आवेदन परिसकेको छ । यसबाहेक आश्वा प्रणालीबाट परेको आवेदनको भने विवरण आएको छैन ।

माइक्रोफाइनान्सको साधारण सेयरमा सर्वसाधरणले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।

सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले निष्काशित सेयर मध्ये ३० हजार कित्ता कर्मचारीलाई र ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाडफाड हुनेछ ।

माइक्रोफाइनान्सको साधारण सेयरलाई ईक्रा नेपाल लिमिटेडले ग्रेड ४ प्लसको प्रमाण पत्र दिइएको छ । यसले माइक्रोफाइनान्सको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको बुझाउँछ ।

यहाँबाट दिन सकिन्छ आवेदन

सर्वसाधारण लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ । यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ