काठमाडौं । कैलाश विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा नाफा दोब्बर वृद्धि गरेको छ । गत आवको पुससम्ममा १३ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेकोमा यस आवमा बढेर २६ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ ।
बैंकले बुधबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा १५ अर्व ९१ करोड निक्षेप संकलन गरी १४ अर्व ३२ करोड कर्जा लगानी गरेको छ ।
बैंकको व्याज आम्दानी, र लोन लस प्रोभिजनबाट राइट ब्याक समेत गरेकाले बैंकको नाफा बृद्धि भएको हो ।
प्रतिक्रिया