वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार ६५ अंकले ओरालो लाग्यो नेप्से, सवैभन्दा बढी विमा समूह घट्यो

अर्थटुडे
२०७३ माघ १७, सोमबार

काठमाडौं । बजारमा भिषण पहिरो गएको छ । सेयर बजार परिसुचक (नेप्से) एकैदिन ६५.४४ अंकले ओरालो लागेर १३०९.७० अंकमा अडिएको छ । सोमबार बजार खुलेदेखि नै ओरालो लागेको बजार बन्द हुदा भारी अंकले घटेको हो ।

यसदिन सम्पुर्ण उपसुचक पनि राताम्मे भएको छ । बैकिङ समूह ६०.५५ अंकले, होटल १२८.४८ अंकले, विकास बैंक समूह ४८.९९ अंकले,जलविद्युत समूह ७३.०९ अंकले, फाइनान्स ३५.९२ अंकले, विमास ५४६.५५ अंकले र अन्य १५.०४ अंकले घटेको छ ।

दिनभर १२३ वटा कम्पनीहरुको ५३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्सुरेन्स, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक लिमिटेड,प्रभू बैंक लिमिटेड र बैंक अफ काठमाडौं लुम्विनी लगायतका कम्पनीहरु रहेको छ ।

सवैभन्दा बढी कमाउनेहरुमा अरुण फाइनान्स, ओरियन्टल होटल, राष्टिय विमा कम्पनी, रिलायन्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु रहेका छन् । बढी गुमाउनेहरुमा प्रुडेन्सियल इन्सुरेन्स,मुक्तिनाथ विकास बैंक, हिमालयन इन्सुरेन्स, सोल्टी होटल , सगरमाथा इन्सुरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ