वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन एक अर्व ६७ करोड ७७ लाख भन्दा बढी सेयर नेप्सेमा सुचिकृत

अर्थटुडे
२०७३ माघ १८, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) मा मंगलबार एक अर्व ६७ करोड ७७ लाख भन्दा बढीको सेयर सुचिकृत भएको छ । यसदिन सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको एक करोड २३ लाख ९० हजार ८७४ कित्ता सेयर सुचिकृत भएको हो ।

त्यस्तैगरी सूर्य लाइफ इन्स्योरेन्सको १२ लाख ५० हजार कित्ता, सिन्धु बिकास बैंकको १२ लाख नौ हजार ३३५ कित्ता हकप्रद र दुई लाख तीन हजार १७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

लक्ष्मी लघुबित्त वित्तीय संस्थाको ११ लाख कित्ता हकप्रद, तिनाउ बिकास बैंकको ६ लाख ८२ हजार ७४० कित्ता बोनस शेयर पनि मंगलबार नै नेप्सेमा सूचिकृत भएका छन् । नेप्सेमा सुचिकृत भएको एक हप्तापछि सो सेयर कारोबारमा आउने नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ