वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार १६.९ अंकले बृद्धि भएर बन्द भयो बजार

अर्थटुडे
२०७३ माघ १८, मंगलवार

काठमाडौं । मंगलबार १६.९ अंकको बृद्धिसँगै सेयर बजार परिसुचक (नेप्से) १३२६.६० अंकमा आएर अडिएको छ ।
सोमबार बजार साढे ६५ अंकले ओरालो लागेको थियो । कारोबार खुलेदेखि नै ओरालो लाग्न सुरु गरेको बजार १२९४ अंकसम्म तल गएपछि उक्लिन थालेको थियो ।

करिव १३३५ अंकसम्म पुगेर फेरि ओरालो लाग्न सुरु गरेको बजार अन्ततः १३२६ अंकमा अडिएको छ । बजारमा बेच्नेहरु बढ्न थाल्दा बजार ओरालो लागेपछि किन्नेहरु सल्वलाउदा पुन बजार उकालो लागेको हो ।

तरलताको अभावको मनोबैज्ञानिक असर लगानीकर्ताहरुमा परेकोले बजार घट्न थालेको हो । बजार बढ्नको लागि लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक असर पर्नु जरुरीर छ ।

यसदिन बिमा २८.४२ र अन्य सुचक ०.२९ अंकले घटेको छ । त्यस्तै सबैभन्दा वढि होटल समूह ११० अंकले उक्लिएको छ । बैंकिङ साढे २५, विकास बैक ३.३२, जलविद्युत १३, फाइनान्स ९.२ र उत्पादनमूलक १९.८२ अंकले बढेको छ ।

मंगलबार दिनभरीमा १३७ कम्पनीका ५२ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा गरिमा विकास बैक संस्थापकको तीन करोड ६८ लाख ,एनटिसी दुई करोड ५१ लाख, सिद्धार्थ बैक दुई करोड ३१ लाख, प्रभु बैक दुई करोड २९ लाख, नेपाल लाइफ दुई करोड पाँच लाख र एसियन लाइफको दुई करोड चार लाख रुपैयाँ रहेको छ ।

यसदिन गुमाउनेमा गुरास लाइफ इन्सुरेन्स, एनएमबी बैंक संस्थापकको सेयर,फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लगायतका रहेका छन् भने सोल्टि होटल, श्रीराम सुगर मिल्स र कालिका माइक्रोक्रेडिटका लगानीकर्ता लगायतले बढी कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ