वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनलाईन ट्रेडिङमा लैजाने निर्णयसँगै बजारले मार्यो छलाङ

अर्थटुडे
२०७३ माघ १९, बुधबार

काठमाडौ । नेप्से अनलाइन ट्रेडिङमा जाने भएसँगै बुधबार सेयर बजारले छलाङ मारेको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) ६२.२३ अंकले बढेर १३८९.८३ अंकमा अडिएको छ । मंगलबर नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले मंगलबार नेप्सेलाई अनलाईन ट्रेडिङमा लैजाने निर्णय गरेको थियो ।

बजार लगानीकर्ताको हातमा हुने भएपछि लगातार घटिरहेको बजार पुनः बढ्न सुरु गरेको हो । गत साता र सोमबार सम्म नेप्से ओरालो लागेको थियो भने मंगलबार नेप्से दोहोरो अंकले बढेको थियो ।

यसदिन अन्य दिनको तुलनामा कारोबारमा पनि बृद्धि भएको छ । दिनभर १३७ कम्पनीको ६० करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बिमा समुहको सबैभन्दा बढी ३७६ अंकले बढेको छ । त्यस्तै बैंकिंङ ६४.०५, जलबिद्युत ८०.८९, विकास बैंक ५६.५ अंकले बढेका छन् ।

होटल, फाइनान्स र अन्य समूह क्रमशः४४.५१, १९.२१ र अन्य समूह २५.४५ अंकले बढेको छ । यसदिन सबैभन्दा बढी सिद्धार्थ बैंकको आठ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी नेपाल टेलिकमको ६ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तैगरी एनएमबि बैंकको संस्थापकले धेरै गुमाएका छन् । यसदिन स्वाबलम्वन विकास बैंक, हिमालय जनरल इन्सुरेन्स, साना किसन विकाश बैंक र छिमेक लघुबित्त विकास बैंक लगायतका १६ वटा कम्पनीहरुले १० प्रतिशतको हाराहारीमा कमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ