काठमाडौंँ । बुधबार छलाङ मारेको सेयर बजार एक दिन पनि टिक्न नसकी विहिबार ७.३८ अंकले घटेर १३८२.४५ अंकमा झरेको छ । नेप्से अनलाईन ट्रेडिङमा जाने, तरलता अभावको समस्या विस्तारै कम हुदै जाने लगायतका कारण बुधबार बजार ६३ अंकले बढेको थियो । तर विहिबार बजार बढेको मौका छोपी विक्रि गर्नेहरुको छाप बढेपछि बजार ओरालो लागेको हो ।
बिहीबार विकास बैंक समूहको परिसूचकमा १.०२ अंकको मात्र बढेको थियो बाँकी सवै समूह ओरालो लागेको थियो । साताको अन्तिम दिन वाणिज्य बैंक समूह ४.२५, होटल, जलविद्युत, वित्त, बिमा समूह क्रमशः ३२.७, २३.९७, ९.४८ र २६.२७ अंकले घटेको छ । त्यस्तै उत्पादनमूलक ३.४९ र अन्य समूह १६.२ अंकले घटेको छ ।
यसदिन १४० कम्पनीको १२ लाख ९५ हजार ५ सय ९९ कित्ता सेयर ५४ करोड ३१ लाखमा कारोबार भयो ।
विहिबार धेरै कारोबार गर्ने कम्पनीहरुमा नेपाल एसबीआई बैंकको ४ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ९८ लाख, प्रभू बैंकले २ करोड ९७ लाख, सानिमा बैंकले २ करोड ४७ लाख, गरिमा विकास बैंकले २ करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कमाउनेमा नेरुडे लघुवित्त विकास बैंक, राप्तिभेरी विकास बैंक र जानकी फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् भने धेरै गुमाउनेमा सहयोगी विकास बैंक, एनएमबी बैंकको संस्थापक सेयरका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया