काठमाडौंँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) १७.९५ अंकले घटेर १३६४.५० अंकमा अडिएको छ । केही सातादेखि लगातार घटिरहेको बजार अघिल्लो साताको बुधबार ६३ अंकले बढेको थियो तर सो बृद्धि टिक्न सकेन र साताको अन्तिम दिन विहिबार ७.३८ अंकले बजार घटेको थियो ।
नेप्से अनलाईन ट्रेडिङमा जाने, तरलता अभावको समस्या विस्तारै कम हुदै जाने लगायतका कारणहरुले बुधबार बजार बढेको भनिएपनि तत्काल ति कार्यहरु सुरु नभएकोले पनि बजार घट्न थालेको हो ।
एकातिर बैंक तथा वित्तिय संस्थाहरुले भट्टाभट हकप्रद सेयर र एफपीओ जारी गरेका छन् भने केही कक्पनीहरुले आइपीओ पनि जारी गरिरहेका छन् जसका कारण लगानीकर्ताहरु आफूसँग भएको सेयर बेचेर रकम जोहो गर्नतिर लागेपछि बजार घटेको हो ।
आइतबार वाणिज्य बैंक समूह २०.७२, विकास बैंक,जलविद्युत, वित्त, बिमा र अन्य समूह क्रमशः ४,०.३८, ५.७२, १२६.५५ र ९.५४ अंकले घटेको छ भने होटल समूह भने यसदिन ७.८९ अंकले उकालो लागेको छ । यसदिन १२२ कम्पनीको ६ लाख ३३ हजार कित्ता सेयर २६ करोड १४ लाख रुपैयाँमा कारोबार भयो ।
विहिबार धेरै कारोबार गर्ने पाँच कम्पनीहरुमा डिप्रोक्स विकास बैंक,प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । त्यस्तै कमाउने पाँच कम्पनीहरुमा आइएलएफ्सीओ माइक्रोफाइनान्स वित्तिय संस्था, नविल इक्वीटी फन्ड, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक र नेरुडे विकास बैंक रहेको छ ।
त्यस्तै गुमाउनेहरुमा सिर्जना फाइनान्स वित्तिय संस्था, कावेली विकास बैंक, सुर्य लाइफ इन्सुरेन्स कम्पनी , कालिका माइक्रोफाइनान्स वित्तिय संस्था र लक्ष्मी लघुवित्त संस्था रहेका छन् ।
प्रतिक्रिया