वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार पनि राताम्मे भयो नेप्से, कारोबार घटेर २३ करोडमा सिमित

अर्थटुडे
२०७३ माघ २४, सोमबार

काठमाडौ । सोमबार पनि बजार सेयर बजार राताम्मे भएको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) १५.६६ अंकले घटेर १३४८.८४ अंकमा अडिएको थियो । आइतबार बजार १७ अंकले घटेको थियो भने कारोबार २६ करोडमा रहेको थियो ।
यसदिन अन्य समूहको १.७४ अंकले बढेपनि बाकी सवै समूहगत परिसुचक घटेको छ ।

सोमबार सबैभन्दा बढी बिमा समुहको १२४.३ अंकले घटेको छ । बैकिङ १५.९६, होटल ४८.९४, विकास बैंक, जलविद्युत, वित्त, समूह क्रमशः १४.१३,४.६६ र ९.१२ अंकले घटेको छ । यसदिन १३४ कम्पनीको ६ लाख २७ हजार कित्ता सेयर २३ करोड ६१ लाख रुपैयाँमा कारोबार भयो ।

बैंक तथा वित्तिय संस्थाहरुले भट्टाभट हकप्रद सेयर र एफपीओ जारी गरेका छन् भने केही कक्पनीहरुले आइपीओ पनि जारी गरिरहेका छन् जसका कारण लगानीकर्ताहरु आफूसँग भएको सेयर बेचेर रकम जोहो गर्न्तिर लागेपछि बजार घटेको हो ।

सोमबार धेरै कारोबार गर्ने पाँच कम्पनीहरुमा प्रभु बैंक, डिप्रोक्स विकास बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।

त्यस्तै कमाउने पाँच कम्पनीहरुमा मन्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स, लुम्वीनी फाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था रहेका छन् ।  गुमाउनेहरुमा युनाइटेड फाइनान्स, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तिय संस्था, भागर्व विकास बैंक र अल्पाइन डेभलपमेन्ट बैंक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ