काठमाडौं । यस हप्ता लगातार बजार ओरालो लागेको छ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार थोरै अंकले ओरालो लागेको छ । यसदिन सेयर बजार परिसुचक (नेप्से) ४.२४ अंकले ओरालो लागेर १३४४.६० अंकमा समेटिएको छ ।
कारोबार रकम भने सोमबारको तुलनामा केही बढेको छ । मंगलबार १३२ कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
यस दिन वित्त र अन्य समुह भने क्रमशः ०.३७ र ३.१८ अंकले उकालो लागेको छ । अघिल्लो दिन जस्तै बिमा २३ अंकले, होटल ४१ अंक र बैंकिङ ५ अंकले ओरालो लागेको छ । ।
यस दिन सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, र नेपाल टेलिकम रहेका छन् । त्यस्तै घटेको बजारमा मंगलबा कमाउने कम्पनीहरुमा नेपाल बैंक, सानिमा माइ हाइड्रो र सिनर्जी फाइनान्स रहेको छ भने गुमाउने कम्पनीहरुमा महिला सहयात्रा, तिनाउ डेभलपमेन्ट बैंकलगायत रहेका छन् ।
प्रतिक्रिया