वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अड लट सेयर कारोबारको श्रेय लिन हानाथाप

अर्थटुडे
२०७३ माघ २५, मंगलवार

काठमाडौं । धितोपत्र बोर्डले आफूले निर्देशन दिएपछि नेप्सेले अड लट सेयर कारोबार सुरु गरेको दावी गरेको छ । बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गरी मंसिर २० गते अड लट सेयर कारोबार सुरु गर्न नेप्सेलाई निर्देशन दिएको जनाएको हो ।

बोर्डले विज्ञप्तिमा भनेको छ,‘ हाल डिम्याट प्रणालीबाट कारोबार सुरु भएकाले यस पद्धतिमा अड लटसमेत कारोबार हुन सक्ने भएकाले आवश्यक व्यवस्था मिलाउन धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नेप्सेले गत माघ २३ गतेदेखि अड लट कारोबारको व्यवस्था गरेको छ ।’

यसअघि नियमित कारोबारमा १० कित्ता र त्यसभन्दा माथिको मात्र सेयर किनबेच हुने गरेको थियो ।
यस प्रावधानले १० कित्ता वा त्यसले भाग नजाने साना कित्ताले क्रेताको ठूलो खरिद आदेशसमेत स्वतः खारेज हुने व्यवस्थामा समेत सुधार भएको छ र यस व्यवस्थाले मूल्य सीमा परिवर्तन पनि नसक्ने बोर्डले जनाएको छ ।
अब अड लट कारोबार गर्न शुक्रबारसम्म कुनुपर्ने अवस्थाको पनि अन्त्य भएकाले दोस्रो बजारको कारोबार सहज हुने बोर्डको भनाई छ ।

यसअघि नेप्सेले अड लट कारोबार सुरु गर्नुभन्दा केही दिन अघि नै विज्ञप्ति जारी गरेर यसबारेमा जानकारी गराएको थियो । त्यसबेला अड लट कारोबारको सबै तयारीको जश लिने नेप्सेले प्रयास गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ