वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से २१.६२ अंकले ओरालो, एनआसी एसियाको सेयर लिलामीको प्रभाव

अर्थटुडे
२०७३ माघ २६, बुधबार

काठमाडौं । लगातार सेयर बजार घटीरहेको छ । बुधबार पनि सेयर बजार परिसुचक (नेप्से) २१.६२ अंकले घटेर १३२२.९८ अंकमा अडिएको छ । गत साताको बुधबार भने बजार एक्कासी ६३ अंकले बढेको थियो । त्यसपछि पुन बजार घट्न सूरु गरेको थियो ।

बुधबार एनआइसी एसिया बैंकले आफूसँग भएको विभिन्न कम्पनीको सेयर लिलामी गर्ने सुचना प्रकाशित गरेका कारण पनि बजार घटेको हो । यसदिन सम्पुर्ण समूहगत परिसुचक पनि घटेको छ । बुधबार बैकिङ १८.५९, होटल ४४.३९,विकास बैंक २०ं६४, जलविद्युत २०.७२, फाइनान्स ७.७७, बिमा १७९.०९ र अन्य समूहको ९.२६ अंकले घटेको छ ।

बुधबार सवैभन्दा बढी कारोबार हुने पाँच कम्पनीहरुमा प्रभू बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टड बैंक, नेपाल लाइफ इन्सुरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

त्यस्तै धेरै कमाउनेहरुमा महालक्ष्मी विकास बैंक, माउन्ट मकालु विकास बैंक, नाग्दी ग्रुप पावर, निर्धन उत्थान बैंक लगायतका कम्पनीहरु रहेका छन् । त्यस्तै गुमाउनेहरुमा सुर्य लाइफ इन्सुरेन्स,लक्ष्मी लघुवित्त वित्तिय संस्था, लाइफ इन्सुरेन्स कम्पनी लगायतका लगानीकर्ताहरु रहेका छन् ।

यसदिन १३७ कम्पनीको १० लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नै एनआइसी एसिया बैंकले सेयर बजारलाई नै प्रभाव पर्ने गरी विभिन्न कम्पनीको सेयर लिलामी गरिरहेको छ । त्यसको असर बजारमा पनि परेको बजार विष्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ