काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया बैंकलाई स्पष्टीकरण सोधेको छ । बैंकलेले सेयर बजारलाई नै प्रभावित पार्ने गरी आफ्नो स्वामित्वमा रहेको बिभिन्न कम्पनीका दुई करोड २० लाख भन्दा बढी कित्ता सेयर तथा ईकाईहरु बेच्न लागेको भन्दै स्पष्टीकरण सोधेको हो ।
नियमानुसार एनआईसी एशियाले आफ्नो स्वामित्वमा रहेको सेयर दोस्रो बजार मार्फत बेच्नु पर्ने छ । तर लिलाम मार्फत बेच्न लागेकोमा एनआइसी एसियाले दोस्रो बजारलाई प्रभावित पार्न लागेको मनसाय हुन सक्ने भन्दै बोर्डले बुधबार बैंकलाई पत्र काटेको हो ।
प्रतिक्रिया