काठमाडौँ । नेपाल लाइफ इन्सुरेन्सले ३०.०८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसको कम्पनीको सञ्चालक समितिको बैठकले एफपीओका लगानीकर्ताहरुले बोनस सेयर पाउने निर्णय गरेको हो ।
बैंठकले गत वर्षको नाफाबाट ३०.०८५ बोनस सेयर दिने निर्णग गर्दै एफपीओसमेत हिसाब गर्दा बोनस दर २६.३१५ हुने बताएको छ ।
नेपाल लाइफको बोनस प्रस्तावलाई नियामक बिमा समिति र वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने छ ।
कम्पनीले १४ सय २५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ सर्वसाधारणलाई बेचेको थियो ।
यो एफपीओमा ५२ अर्ब रुपैयाँ भन्दा धेरैको आवेदन परेको कम्पनीले जनाएको छ भने एफपीओ बाँडफाँट हुन बाँकी नै छ ।
प्रतिक्रिया