काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । एकातिर विभिन्न कम्पनीहरुले जारी गर्ने एफपीओ, आइपीओ, हकप्रद सेयर र सेयर लिलामीका कारण लगानीकर्ताहरु त्यसतर्फ आकर्षित हुदा दोस्रो बजार ओरालो लागेको हो । अर्कोतर्फ तरलताको अभावका कारण बैंक व्याजदरमा भएको बृद्धि, चुनाव हुने अनिश्चितता लगायतका कारण लगानीकर्ताहरु निरास हुदा बजार ओरालो लागेको हो ।
साताको अन्तिम दिन विहिबार पनि बजार २६.७५ अंकले सेयर बजार परिसुचक ओरालो लागेको छ । यसदिन सम्पुर्ण समूहगत परिसुचक पनि ओरालो लागेको छ ।
विहिबार सवैभन्दा बढी बिमा समूहको उपसुचक २२४.१८ अंकले ओरालो लागेको छ । त्यस्तै बैकिङ २६.८४, होटल १३.८, विकास बैंक १९.३८, जलव्दिुत ३६.६३, फाइनान्स ७.०५ र अन्य ३.४७ अंकले ओरालो लागेको छ ।
यसदिन सवैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा सिद्धार्थ इक्वीटी ओरियन्ट स्किम, नविल सिद्धार्थ फन्ड १, एनएमवी सुलभ इन्भेष्टमेन्ट फन्ड १, प्रभू बैंक, नेपाल लाइफ इन्सुरेन्सको सवैभन्दा बढी कारोबार भएको छ ।
त्यस्तै यसदिन माइक्रोफाइनान्स वित्तिय सस्था,राष्ट्रिय विमा कम्पनी, राष्ट्रिय विमा कम्पनी प्रमोटर सेयरका लगानीकर्ताले बढी कमाएका छन् भने सवैभन्दा बढी गुमाउनेहरुमा एभरेष्ट इन्सुरेन्स, युनाइटेड इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।
दिनभर १३४ कम्पनीको ५७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया