काठमाडौं । केही दिन यता सेयर बजार लगातार बढी रहेको छ । गत साताको बुधबारदेखि बढ्न सुरु गरेको बजार यस साताको पहिलो दिन पनि बढेको छ ।
स्थानीय तहको निर्वाचनको हल्ला बढ्दै जादा स्थिर राजनीति हुने आशाले पनि बजार उकालो लागेको हो । त्यस्तै बजारमा तरलताको अवस्था केही सहज बन्दै गएपछि यसको प्रवाह बजारमा देखिएको हो । साथै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा वित्त बजारमा अहिले देखिएको समस्या सम्बोधन गर्ने आशा पनि लगानीकर्तामा रहेको पाईन्छ ।
आइतबार सेयर बजार परिसुचक (नेप्से) २५.५ अंकले उकालो लागेको छ । यसदिन होटल र उत्पादनमूलक समूह क्रमशः १९.२२ र ३.४९ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूह उकालो लागेको छ ।
आइतबार बैकिङ १४.१९, विकास बैंक २९.६९,जलव्दिुत ५.३६, फाइनान्स २०.८५, बिमा २९५.९७ र अन्य समूह २४.५८ अंकले उकालो लागेको छ ।
यसदिन सवैभन्दा बढी कारोबार बैंक अफ काठमाडौं लुम्बिनी, नेपाल लाइफ इन्सुरेन्स, प्रभू बैंक, शिखर इन्सुरेन्स, प्रभू बैंकको लगायतका कम्पनीहरुको रहेको छ ।
आइतबार राष्ट्रिय बिमा कम्पनीले १० प्रतिशत कमाएको छ । त्यस्तै झण्डै १० प्रतिशतको हाराहारीमा कमाउने कम्पनीहरुमा एनबी इन्सुरेन्स, बोमी माइक्रोफाइनान्स,नेपाल लाइफ इन्सुरेन्स, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, कालिका माइक्रोफाइनान्स र गुँरास लाइफ इन्सुरेन्स रहेको छ ।
त्यस्तै यसदिन गुमाउनेहरुमा दिव्यश्वरी हाइड्रो पावर, गुडविलद फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । यसदिन १४४ कम्पनीको ६६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया