वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको तरलता योजनाले छोएन बजारलाई, दोहोरो अंकको गिरावट, कारोबार रकम आधा घट्यो

अर्थटुडे
२०७३ फाल्गुन ११, बुधबार

काठमाडौ । मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा नेपाल राष्ट्र बैंकले बजारमा तरलता पठाउने नीति लिएसँगै बजार उकालो लाग्ने धेरैजसोले अनुमान गरेका थिए  । तर त्यसको ठिक उल्टो भएको छ ।

मंगलबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बजारमा तरलताको समस्या हटाउनका लागि सिसिडी रेसियोमा लचकता ल्याएको थियो जसले बजारलाई सकारात्मक मोड तिर लैजन सहज बनाउने आँकलन गरिएको थियो ।
मौद्रिक नीतिको समिक्षा गरेको भोलिपल्टै बजार १३.४६ अंकले ओरालो लागेर १३४४ अंकमा अडियो ।

यसदिन मंगलबारको तुलनामा कारोबारमा पनि ह्वात्तै घटेको छ । मंगलबार ६० करोड ३४ लाख बढीको सेयर किनबेच भएकोमा बुधबार ३४ करोड ५५ लाखको मात्र सेयर किनवेच भएको छ ।

यसदिन बिमा, वाणिज्य बैंक र होटल समूह धेरै अंकले घटेका छन् । बिमा ११२.६९, वाणिज्य बैंक १४.१९ र होटल समूह ४१.७ अंकले घटे । विकास बैंक, बित्त, जलविद्युत र अन्य समूह क्रमशः ०.३५, ३.५, ४.१५ र ६.९४ अंकले घटे ।

यसदिन धेरै कारोबार गर्ने कम्पनीहरुमा नेपाल टेलिकम, नबील बैंकको प्रमोटर सेयर, बैंक अफ काठमाण्डू लुम्बिनी, शिखर इन्स्योरेन्स, प्रभूू बैंक लगायत रहेका छन् । बुधबार सवैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले पनि यसदिन ७ प्रतिशतको हाराहारीमा कमाएका छन् ।

यसदिन सवैभन्दा बढी गुमाउनेमा माउण्ट मकालुु डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, लक्ष्मी भ्यालूू फण्ड १ र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ