वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन ६.६५ अंकले घट्यो नेप्से, कारोबार ३० करोडमा सिमित

अर्थटुडे
२०७३ फाल्गुन १२, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार ६.६५ अंकले ओरालो लागेको छ । बिक्री चापका कारण साताको अन्तिम दिन नेप्से घटेको हो । विहिबार होटल १५.९२ र अन्य समूह ३.७६ अंकले उकालो लागेको छ भने बाँकीसबै समूहगत परिसुचक ओरालो लागेको छ ।

यसदिन वाणिज्य बैंक ९.२५ अंकले घटेको छ । त्यस्तै बिमा, विकास बैंक र जलविद्युतमा क्रमशः ३५.८३, ५.३९ र १.६१ अंकले घटेको छ । यस्तै बित्त समूह ३.३१ अंकले र उत्पादनमूलकमा ५.०५ अंकले घटेको छ ।

बिहीबार १ सय ३० कम्पनीका ७ लाख ६१ हजार १ सय ६४ कित्ता सेयर ३० करोड ४८ लाख बढीमा किनबेच भयो ।
यसदिन धेरै कारोबार गर्ने कम्पनीहरुमा  बैंक अफ काठमान्डूू लुम्बिनी, प्रभूू बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक लगायत रहेका छन् ।

त्यस्तै यसदिन कमाउनेहरुमा आरएसडिसी लघुवित्त बित्तीय संस्था, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक लगायतका कम्पनीहरु रहेका छन् ।

विहिबारको कारोबारमा गुमाउनेहरुमा राष्टिय बिमा कम्पनीको प्रोमोटर सेयर सप्तकोशी डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स ,सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ