वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार वियरिसमा, २४ अंकले ओरालो लाग्यो, कारोबार २५ करोडमा सिमित

अर्थटुडे
२०७३ फाल्गुन १५, आईतवार

काठमाडौं । साताको सुरुको दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) २४.४५ अंकले ओरालो लागेको छ ।
यसदिन समूहगत परिसुचक पनि राताम्मे भएको छ । आइतबार सवैभन्दा धेरै बिमा समूहको उपसुचक १६८.८६ अंकले ओरालो लागेको छ । त्यस्तै बैकिङ १८.१८, होटल २९.१२, विकास बैंक ८,जलविद्युत २६.७८,फाइनान्स ८.३३,उत्पादनमूलक १.३३ र अन्य ४१ अंकले ओरालो लागेको छ ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सगरमाथा इन्सुरेन्स, एभरेष्ट बैंक लगायतका कम्पनीहरुको यसदिन धेरै कारोबार भएको छ । आइतबार धेरै कमाउने कम्पनीहरुमा सहारा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, आरएसडिसी लघुवित्त कम्पनीका लगानीकर्ताहरुले पाँच प्रतिशत भन्दा धेरै कमाएका छन् ।

त्यस्तै धेरै गुमाउने कम्पनीहरुमा सिन्धु विकास बैंक, नेपाल टेलिकम,सिद्धार्थ इन्सुरेन्स,एनएमवी माइक्रोफाइनान्स वित्तिय संस्था,प्रिमियम इन्सुरेन्स,शिखर इन्सुरेन्स,सगरमाथा इन्सुरेन्स र एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताहरुले पाँच प्रतिशतको हाराहारीमा गुमाएका छन् ।

आइतबार १३२ कम्पनीको २५ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ