काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावरले सर्वसाधारणलाई छुट्याएको १७ करोड २५ लाख मूल्य बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर निश्कासनका लागि आजबाट आवेदन खुल्ला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले जारी गर्नेमध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामुहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएको छ । बाँकी सेयर सर्वसाधारणलाई बाडफाड गरिने निश्कासनमा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केटले जनाएको छ ।
यूनाइटेड मोदीले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई गत भदौ २६ देखि बाडफाड गरिसकेको छ ।
कम्पनीको यो सेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत रहेको भन्ने हो ।
प्रतिक्रिया