वि.सं. २०८२ आश्विन १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आसा जगाएर बन्द भयो साताको अन्तिम कारोबार, विहिबार १२.६१ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७३ फाल्गुन १९, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.६१ अंकले बढेर १३२९ अंकमा अडिएको छ । यसदिन उत्पादनमूलक समूह २.७२ अंक र अन्य समूह ५.२ अंकले घटेको छ भने बाँकी सवै समूह उकालो लागेको छ ।
विहिबार बैकिङ समूह ११.९१, होटल ११४,विकास बैंक १०.२४, जलबिद्युत २९.६१,फाइनान्स ४.०९, र बिमा ९५.१३ अंकले उकालो लागेको छ ।

यसदिन सबैभन्दा बढी कुमारी बैंकको १० करोड भन्दा माथिको कारोबार भएको छ । त्यस्तै धेरै कारोबार हुने पाँच कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्सुरेन्स,नेपाल इन्भेष्टमेन्ट बैंक र लुम्बिनी जनरल इन्सुरेन्स रेहका छन् ।

त्यस्तै विहीबार धेरै कमाउने कम्पनीहरुमा सेती फाइनान्स, आरएसडिसि लघुवित्त विकास बैंक, सोल्टी होटलले करिव १०प्रतिशतको हाराहारीमा कमाएका छन् । धेरै गुमाउनेहरुमा स्वरोजगार लघुवित्त विकास बैंकले ५ प्रतिशत भन्दा बढीले गुमाएको छ भने किसान माइक्रोफाइनान्स, कर्णाली डेभलपे्रन्ट बैंक, अपी पावर कम्पनीका लगानीकर्ताहरुले ३ प्रतिशतको हाराहारीमा आफ्नो सम्पत्ति गुमाएका छ् ।

यसदिन दिनभर १३४ कम्पनीको ४१ करोड बराबरको सेयर किनवेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ