काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले करिव २ लाख कित्ता फरदर पब्लीक अफरिङ (एफपीओे) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ सय रुपैयाँ अंकित मूल्यमा एक लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति दिएको हो ।
कम्पनीको एफपिओ बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।
कम्पनीले गत भदौमा एफपीओ स्वीकृतीका लागि आवेदन गरेको थियो । कम्पनीको हाल चुक्ता पुँजी ६७ करोड ११ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया