काठमाडौ । नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कम्पनीहरुलाई चुक्तापुँजी पुर्याउनका लागि थप ९ महिना समय दिन बाटो खुलेको छ । सोमबार अर्थमन्त्रालयले धितोपत्र व्यवसायी नियमावली संशोधन स्वीकृत गरेसँगै कम्पनीहरुले अव थप ९ महिना पुँजीबृद्धिका लागि समय पाउने भएका हुन् । बोर्डका अनुसार २३ वटा ब्रोकर कम्पनीहरुले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाँकी रहेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीहरुलाई पुँजीबृद्धिको लागि थप समय दिनेगरी नियमावली संशोधन गरेको थियो । संसोधित नियमावली अर्थमन्त्रालयले स्वीकृत गरेको छ । अर्थको स्वीकृतिसँगै असार मसान्तसम्मको समय सीमा पाएका ब्रोकरले अब चैत मसान्तसम्म चुक्तापुँजी कायम गर्ने समय पाएका छन् ।
अघिल्लो साता बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले निर्णय गरी ब्रोकर कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पु¥याउने समय ९ महिना थप गर्नेगरी नियमावली संशोधन गर्दै स्वीकृतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो ।
२०७९ भदौमा भएको संशोधित नियमावलीको व्यवस्थाअनुसार सीमित कारोबार गर्ने ब्रोकरको पुँजी २० करोड, पूर्णकारोबार गर्ने ब्रोकरको पुँजी ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको थियो ।
नियमावलीको संशोधित व्यवस्थाअनुसार नै बोर्डले ४२ वटा स्टक ब्रोकरलाई लाइसेन्स दिएको थियो । तर, उक्त सयमयमा सञ्चालनमा रहेको सेयर ब्रोकरको लागि भने पुँजी पु¥याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको थियो । तर, २३ वटा ब्रोकरले पुँजी पु¥याउन नसक्ने भएपछि बोर्डले समय थप गर्नेगरी नियमावली संशोधन प्रस्ताव अर्थमन्त्रालयमा पठाएको थियो ।
बोर्डले गत २०८१ पुस ८ मा पुँजी नपुगेका ब्रोकर कम्पनीलाई पुँजी पु¥याउने योजना माग गरेको थियो । ब्रोकर कम्पनीले पेस गरेको पुँजी वृद्धि योजना समेतको आधारमा सेबोनले नौ महिना समय थप गर्ने प्रस्ताव गरेको थियो ।
चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेर पुँजी पु¥याउन नसक्ने कम्पनीले पुँजी थप्नुपर्ने वा मर्जरमा जाने विकल्प बोर्डले दिएको जनाइएको छ ।
धितोपत्र बोर्डले २०७९ मा नयाँ ब्रोकरलाई लाइसेन्स दिन न्यूनतम पुँजी बढाउँदै धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधन गरेको थियो । बोर्डको प्रस्तावमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गर्दै सेयर ब्रोकरको पुँजी बढाउने निर्णय गरेको थियो ।
२०७९ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी ३० गुणासम्मले बढाउनुपर्ने भएको थियो ।
प्रतिक्रिया