काठमाडौं । लमजुडमा निर्माणाधीन माथिल्लो मस्र्याडदी —ए जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । प्रबद्र्धक सिनो हाइड्राको अनुसार आयोजनाबाट उत्पादन हुने ५० मेगावाट विद्युत एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । निर्माण सुरु भएको ४३ महिनापछि आयोजनाबाट उत्पादन भएको हो ।
आयोजना निर्माणका लागि विद्युत गृह जलासय र सुरुड निर्माणको कार्य एकसाथ अघि बढाइएको थियो । हाल मस्र्याडदी र डादी दोभानमा निर्माण गरिएको बाँधको ढोका र जलाशयको परिक्षण थालिएको छ । बाँधका ३ ढोका मध्ये २ वटा रेडियल गेट बन्द गरेर आयोजनाको जलाशयमा पानी जम्मा गरेर परीक्षण थालिएको सिनो सगरमाथा हाइड्रोपावर कम्पनीका सहायक प्रबन्ध निर्देशक चाड फा पिनले जानकारी दिए ।
आयोजनाको बाँध र जलाशयको परिक्षण सफल भएको छ । पिन भन्छन् नाकाबन्दीले हामीलाई धेरै नै ढिला बनायो । तैपनि अवको एक महिनामा विद्युत उत्पादनको कार्य सुरु गर्नेछौ ।
प्रतिक्रिया