काठमाडौं । प्रभु बैंकले एक अर्व १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । खराव कर्जा अत्यधिक भएको ग्राण्ड बैंकलाई आफूमा समाहित गरी उसको खराव कर्जा बोकेर हिडेर पनि बैंकले खुद नाफा कमाएको हो । बैंकले जगेडा कोषलाई ३६ करोडले धनात्मक बनाउन सफल भएको छ । भने निस्क्रिय कर्जा ८.३८ प्रतिशतमा सिमित गरेको छ । निक्षेप, कर्जा, ब्याज आम्दानी र संचालन मुनाफामा ब्यापक बढोत्तरी गर्न सफल भएको बैंकले डुबेको कर्जा असुल गरेर कर्जा जोखिम कोषमा राखिएको एक अर्ब ५ करोड फिर्ता ल्याएको छ । बैंकको पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको छ ।
प्रभुले तत्कालीन किष्ट र ग्राण्ड बैंकको खराब कर्जा वापत विगतमा धेरै रकम प्रोभिजन गरेकाले त्यस्ता कर्जाहरु असुल गर्दै गएमा भोलि चमत्कारिक प्रगति गर्न सक्ने संभावना भने धेरै नै छ । ग्राण्डलाई गाभेपछि संयुक्त बैंकिड. कारोबार सुरु गरेको लामो समय भइृसक्दा पनि शेयर कारोबार भने खुल्न नसक्दा प्रभुका लगानीकर्ता पीडित बन्दै आएका छन् ।
प्रतिक्रिया